नेपाली काँग्रेस र सभापति शेरबहादुर देउबा

Nepali Congress Leader Sher Bahadur Deuba

देशको सबैभन्दा ठूलो दलको नेता भएर पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले पटक-पटक प्रधानमन्त्री बन्ने अवसर गुमाए। आफ्नै राजनीतिक हैसियत र लामो राजनीतिक अनुभव हुँदाहुँदै पनि उनले साना–साना कम्युनिष्ट दलहरूको टाङमुनि पालैपालो छिर्ने रणनीति अपनाए, जसको प्रत्यक्ष परिणामस्वरूप सत्ता उनको हातबाट फुत्किँदै गयो। निर्णायक भूमिकामा उभिन सक्ने अवस्था हुँदाहुँदै पनि उनी सधैं कम्यूनिष्ट पार्टीहरुसंग सम्झौता र आत्मसमर्पणको राजनीतिमा अल्झिरहे र तेसैमा रमाईरहे।

नेपालमा सर्वाधिक आलोचित तथा तुच्छ शब्द बोल्ने र जनतालाई दास सम्झने नेतामध्ये एक केपी शर्मा ओलीसँग संगत गर्दा उनले जनअधिकार र लोकतान्त्रिक मूल्यविरुद्धका कदमहरूलाई मौन समर्थन गरे। सोसल मिडियाहरु बन्द गराउनेजस्ता निर्णयहरूमा उनको मौनता मात्र होइन, अप्रत्यक्ष सहमति पनि देखाए। आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखकको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नतामा ७७ जना बालक-युवाको-नेपाली जनताको ज्यान जाने जस्तो गम्भीर घटनामा समेत स्पष्ट राजनीतिक जिम्मेवारी लिन उनी चुके। यस्ता घटनाले देशलाई मात्र होइन, उनको राजनीतिक छविलाई पनि गहिरो चोट पुर्‍यायो तर उनिमा कुनै हिनताबोध भएन र के.पी. ओलिको पुच्छर बनिरहे।

अर्बौँ रुपैयाँ बराबरको निजी तथा सार्वजनिक सम्पत्ति खरानी बनाउने वातावरण सिर्जना हुँदा पनि उनी के.पी. ओलीकै सहयात्री र गोट बनिरहे। यति धेरै क्षति, हत्या-हिंसा र अराजकताबीच पनि चेत नफिर्नु एउटा दशकौ को राजनीतिक अनुभवी नेताका लागि लज्जास्पद विषय हो। उमेर र अनुभवले परिपक्व बनाउनु पर्ने ठाउँमा उनी अरू कसैले नखाएको “चुटाइ” र व्यईजती खाए र पनि उही गल्ती दोहोर्‍याइरहे-दोहोर्र्याइरहे र आनन्दित अनुभुती गरी रहे। आफ्नै घर जल्यो, अर्बौँ रकम लुटियो र खरानी बन्यो, तर त्यसबाट उनले कुनै पनि पाठ सिक्ने साहस देखाएनन् र जनतालाई दास जस्तै सम्झिरहे र केपी ओलिको लाईन समाति रहे।

घाइते अवस्थामा उपचारका लागि विदेश पुगेर फर्किँदा कम्तीमा अब राजनीतिक दिशा परिवर्तन गर्लान् भन्ने अपेक्षा आम जनमानसमा थियो, र अपेक्षा पनि गरिएको थियो। तर फर्केर तंग्रिएपछि पनि उनी केपी ओलीकै लहलहैमा लाग्दै पुनः राजनीतिक षड्यन्त्र र संकीर्ण खेलमा होमिई रहे र केपी ओलिको गोटी बनिरहे। अन्ततः विशेष महाधिवेशनबाट सभापतिसमेत गुमाउन पुगे। देशको सबैभन्दा ठूलो दलको सबैभन्दा जेठो, राजनीतिक रुपमा निकै अनुभवी र शीर्ष नेता भएर पनि यस्तो संकटको घडीमा राजनेताको उचाइमा उभिन नसक्नु उनको सबैभन्दा ठूलो असफलता बन्यो र अन्ततः उनले र नेपाली काँग्रेस पार्टीले ठुलो क्षती भोग्नु पर्यो।

सधैं उही रणनीति, उही चालबाजी उही सड्य्न्त्र, उही च्याखे छपाईँ र उही केपी ओलीको गोटीले राजनीति चल्दैन भन्ने यति बेलासम्म पनि बुझ्न नसक्नु दुर्भाग्यपूर्ण थियो। उमेरले मात्र होइन, अनुभवले पनि परिपक्व हुनुपर्ने बेला उनलाई कसैले सिकाउन, सम्झाउन सकेन, वा सायद उनी स्वयं सुन्न चाहेनन्।

आज देशको दिनदशा ठिक छैन, नेताहरूको दिनदशा ठिक छैन, राजनीतिक दलहरूको दिनदसा ठिक छैन, राज्य संयन्त्रको दिनदशा ठिक छैन,  साथै आम जनताको दिनदशा पनि ठिक छैन। यो अवस्था अत्यन्त दुर्भाग्यपूर्ण र गम्भिर हो। तर अझ दुःखद कुरा के छ भने, यति धेरै संकट, आलोचना र असफलताबीच पनि कसैको चेत फिरेको देखिँदैन। यही जडताले देशलाई अझ गहिरो संकटतर्फ धकेलिरहेको जस्तो छ। २०८२ फागुन २१ को आम निर्वाचन के हुन्छ भन्ने संका उत्पन्त भएको छ। जे होस फागुन २१ गते आम निर्वाचन हुनु पर्दछ र मात्र देशले एउटा गति लिने छ।

Leave a Reply